काठमाडौं, २९ कात्तिक । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेले जनताको काम गरेर नै नेपालीहरुको मनमा बस्न सफल भएको बताउनु भएको छ । आज काठमाडौं निर्वाचन क्षेत्र नम्बर–५ मा चुनावी प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा सहभागी हुनुभएका उहाँले नेकपा एमाले जनताको काम गरेर नै उचाईमा पुगेको बताउनुभएको हो ।
उहाँले आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुले सकारात्मक प्रतिक्रिया दिइरहेको बताउनुभयो । नेता पोखरेलले यसपटक मतदाताहरुले विगतको भन्दा र सोचेको भन्दा पनि राम्रो प्रतिक्रिया दिइरहेको बताउनुभयो ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले आम नागरिकहरु नेकपा एमालेप्रतिको सद्भाव र विश्वासमा ढुक्क रहेकाले आसन्न निर्वाचन नेकपा एमालेले जित्ने दाबी गर्नुभयो । उहाँले नेकपा एमाले विचार, संगठन, नेतृत्व, जनताको काम गर्ने हिसावले संगठित र समर्पित रहेको बताउनुभयो । जनताको काम गरेर एमालेले बनाएको उचाईलाई नेपालका अन्य कुनै पार्टीले प्राप्त गर्न नसकेको बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्