जनता टाइम्स

२१ श्रावण २०७६, मंगलवार १६:११

हिट हुँदै पशुपतिको नयाँ तीज गित, ‘स्याङ्जा जाने बाटैमा तनहुँ, बिर्सि जाने मायालाई के भनम’ !


काठमाडौं, साउन २१

नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा सबैका प्रिय गायक पशुपति शर्माले अष्टे«लिया काण्ड ‘बिर्सी जाने मायालाई के भनम’ भन्ने गीत लिएर आएका छन् । लोक संगीतको क्षेत्रमा पशुपति शर्मा भने पछि सबैले सहजै चिन्ने गर्दछ । यसै अवसरमा शर्माको तेस्रो तीजको गीत भर्खर मात्र सार्वजनिक भएको हो ।

निकै रमाइलो सो गीतमा विदेश गएर आफ्नो मायालाई विर्सेको कुरालाई गीतमा हेर्न सकिन्छ । पशुपति शर्मा र सम्झना भण्डारीको आवाज रहेको गीतमा पछिल्लो समय सबै नेपालीहरुले भोग्ने कुराहरुलाई राम्रोसँग दर्शाइएको छ । दुर्गा पौडेलको निर्देशन रहेको गीतमा पशुपति शर्मा,सम्झना भण्डारी,दिपासा विसी र सविन ठकुरीको अभिनय रहेको छ ।