जनता टाइम्स

१ मंसिर २०७९, बिहीबार १६:४१

एमाले अध्यक्ष ओलीको गृहजिल्ला इटाभट्टामा यस्तो देखियो चुनावी रौनक (फोटोफिचर)


झापा, १ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हिजो र आज प्रदेश नम्बर १ मा चुनावी सभामा व्यस्त हुनुहुन्छ । आज उहाँले मोरङमा विहान बुद्धिजिविहरुसँग भेटघाट गरेर धुलाबारीमा हुने आमसभालाई सम्बोधन गर्नुभएको थियो । त्यसपछि उहाँले इटाभट्टामा उहाँले सम्बोधन गर्नुभएको हो ।

उक्त झापा क्षेत्र–१ अन्तर्गत मेची नगरमा आयोजित चुनावी सभामा अध्यक्ष ओलीलाई सुन्नका लागि सयौं मतदाताहरु आउनुभएको थियो । कार्यक्रममा ओलीले मङ्सिर ४ को निर्वाचनले देशको भाग्य र भविष्य निर्माण गर्नुपर्ने बताउनुभयो । निर्वाचन देश जोगाउने शक्ति आउने कि स्वार्थ गठबन्धन आउने भन्नेमा केन्द्रित रहेको बताउनुभयो । ‘यो निर्णय गर्नुपर्ने छ’, ओलीले भन्नुभयो ।