काठमाडौं, २ मंसिर । कोभिड संक्रमण चुलिएका बेला वीरगंजको गण्डक अस्पताल निशुल्क प्रयोग गर्न दिएको भनेर वाहवाही कमाएका रहबर अन्सारीले वीरगञ्ज महानगरबाट करोडौँ असुलेको खुलेको छ । महानगरले दिएको तथ्यांक अनुसार अस्पतालका सञ्चालक अन्सारीले २ करोड ३१ लाख भन्दा बढी विभिन्न शिर्षकमा असुली गरेको खुलेको हो ।त्यती मात्र होइन उपचारकोलागि भारतमाको दिल्लीमा उपचार गराई रहेका बुवा डा. ए.इ.अन्सारीको नाममा समेत उहाँले पारिश्रमीक भूक्तानी लिनुभएको छ ।
दिल्लीमा उपचार भइरहेको समयमा पनि रहबरले आफ्नो बुवा अस्पतालमै कार्यरत रहेको भन्दै महानगरबाट तलब शीर्षकमा पैसा उठाउँन पछि पर्नुभएन । अन्सारीले वीरगंज महानगरपालिकामा पेश गरेको कर्मचारीको लिष्टमा ६५ औ नम्बर पिता अनवर एलाही अन्सारीको नाम छ र उहाँको नाममा जेठ २०७७ देखी भाद्र सम्मको ३ लाख ५० हजार रुपैया पारिश्रमीक भूक्तानी लिनुभएको छ । २०७७ साउन ६ गते अन्सारीले आफनो समाजिक संजालमा आफना पिता भारतमा किडनीमा आएको समस्याका कारण उपचार गराई रहेको उल्लेख गर्नुभएको छ। मुलुकमै नभएका पिताको नाममा तलव बुझ्ने छोरा अन्सारीले अहिले पर्सा क्षेत्र नं १ को “क”मा पाँच दलीय गठबन्धनको तर्फबाट प्रदेश सभामा उम्मेदवारी दिनुभएको छ ।
उहाको घरदैलो र कोण सभाहरुमा प्रणाली, पारदर्शीता र सुशासनको भाष्यको निकै प्रयोग हुन्छ । २०७७ बैशाख ६ गते अस्पताल भवन, वेड तथा भवनमा जडित सम्पूर्ण उपकरण निशुल्क उपयोग गर्न दिने गरि वीरगञ्ज महानगरपालिका र अस्पतालबीच सम्झौता भएको थियो । तर अस्पतालले करोड भन्दा बढीको भूक्तानी लिएको छ । अस्पतालमा रहेका उपकरणहरुको मरमत खर्च हरेक महिना १ लाख ९५ हजार २ सय ८० रुपैया खर्च भएको भन्दै भूक्तानी लिइएको छ । अस्पतालले त्यो भन्दा अघि र पछि हरेक महिना यत्रो खर्च हुने गरि कुनै पनि उपकरणको मरमत गर्नु नपरेको अस्पताल स्रोतले जनाएको छ ।अन्सारीले अस्पताल निशुल्क प्रयोग गर्न दिने भने पनि विभिन्न शीर्षकमा रकम असुल्न सफल भएका छन । रहवरको गण्डग अस्पतालमा अस्थायी कोभिड अस्पताल संचालन भएको अवधीमा प्रति महिना बैंक ब्याज भन्दै १२ लाख ६७ हजार ६ सय ३० रुपैया भूक्तानी लिनुभएको छ । उपरकणको मरमत, बिजुली, इन्धन, बैंक ब्याज त्याहा कार्यरत कर्मचारीको नेपाल सरकारले तोकेको मापदण्ड अनुरुपको सेवा सुविधा सबै उपलब्ध भएपछि अस्पताल निशुल्क दिए भन्नुको अर्थ नरहेको वीरगंज महानगरपालिकाका एक कर्मचारी बताउछ ।
अन्सारीको अस्पतालमा कोरोना कालमा चिकित्सक, नसिंङ स्टाफ,प्रशासनीक सफाई र सुरक्षा सहित जम्मा १८ जना कार्यरत रहेकोमा उनले ७९ जनाको लिष्ट बुझाएर पारिश्रमीक लिनुभएको छ । आफैले सबै कर्मचारीलाई आधा भन्द कम मात्र भूक्तानी दिएको अस्पतालमा कार्यरत एक कर्मचारीले नाम नलेख्ने शर्तमा बताउनुभयो । कोरोनाको उपचारका क्रममा लाग्ने सबै औषधी राज्यले ब्यहोरेको भएपनि गण्डग अस्पतालले औषधीको नाममा पनि लाखौ रुपैया भूक्तानी लिएको छ । कोभिड विशेष अस्पताल बनाउँदै गर्दा त्यसको मर्मत तथा थप भौतिक निर्माण गर्दा महानगरसँग समन्वय गर्नु पर्नेमा रहबरले कुनै जानकारी नै नदिई बिल मात्रै पेश गरेर रकम असुलेको महानगरकै तथ्यांकमा उल्लेख छ । अहिले मतदातामाझ सुशासन र भ्रष्टाचार उन्मूलनको भाषण गर्ने रहवरलाई उनकै ब्यवहारले गिज्याइ रहेको भन्दै आलोचना गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्