जनता टाइम्स

३ मंसिर २०७९, शनिबार १२:५०

भोट हाल्न घर जानेको लावा लस्कर . . .


काठमाडौं, ३ मंसिर । भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भोट हाल्न घर फर्किदै गरेका सर्वसाधारण । शनिबार बिहानैदेखि नयाँ बसपार्क बालाजुमा घर जानेको लावा लस्कर लागेको छ ।

यता कोटेश्वर, जडिबुटीमा यस्तै लावा लस्कर रहेको छ । अधिकांश गाडी रिजर्भ लेखेको पाइएको छ । राजधानीमा रहेका आ–आफ्ना मतदातालाई गाउँ फर्काउन सम्वन्धित दलको उम्मेदवारले नै तछाडमछाड गरेर गाडी रिजर्भ गराई दिएको बताइएको छ । गाडीमा चड्ने यात्रुको बन्दोवस्त सम्वन्धित दलको सम्पर्क समितिले गरिरहेका छन् ।