जनता टाइम्स

३ मंसिर २०७९, शनिबार २१:००

शंकर पोखरेलले पैसा बाँडेको भन्दै जनता टाइम्सको दुरूपयोग गरी फेक न्युज


काठमाडौं, ३ मंसिर । दाङ क्षेत्र नम्बर २का उम्मेदवार शंकर पोखरेलविरूद्ध पनि भ्रामक फोटो सार्वजनिक भएको छ। जनता टाइम्स मिडियाको दुरूपयोग गरी पोखरेलविरूद्ध शनिबार फोटो सार्वजनिक भएको हो।

‘चुनाव जित्न हरेक वडामा १० लाखका दरले पैसा बाँड्न शंकर पोखरेलको निर्देशन’ शीर्षक राखिएको भ्रामक फोटो सार्वजनिक भएको हो। जनता टाइम्समा उहाँविरूद्ध कुनै पनि प्रकारको समाचार प्रकाशन भएको छैन। यस्तो भ्रामक समाचार प्रकाश गर्ने र यस्ता काममा संलग्नलाई कारबाही गर्न जनता टाइम्स सम्वन्धीत निकायलाई आग्रह गर्दछ ।

यस समाचार बारे कानुनी उपचार खोजीने समेत जानकारी गराईन्छ । पोखरेलले चुनाव जित्ने निश्चित भएपछि उहाँ विरुद्धको फेक समाचार खडा गरि आम मतदातामा भ्रम श्रृजना गर्न खोजिएको बताइएको छ ।