जनता टाइम्स

४ मंसिर २०७९, आईतवार १४:२१

बाजुरामा अझै मतदान हुन सकेन


धनगढी, ४ मंसिर । कांग्रेस र एमालेका कार्यकर्ताबीच भएको विवादका कारण रोकिएको बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर ५ र ८ तथा स्वामि कार्तिक गाउँपालिका ४ मा अझै मतदान सुरू हुन सकेको छैन ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका सूचना अधिकारी भोलाबहादुर रावलका अनुसार तीनवटै केन्द्रमा मतदानअघि बढाउन छलफल भइरहेको छ ।