जनता टाइम्स

५ मंसिर २०७९, सोमबार १८:४५

रुपन्देही १ मा एमाले सचिव छविलाल बिश्वकर्माको अग्रता


बुटवल, मंसिर ५ । रुपन्देही १ मा १३३४ मतको गणना हुँदा एमाले सचिव छबिलाल विश्वकर्माले अग्रता लिनुभएको छ । विश्वकर्मालाई स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले पछ्याइरहनु भएको छ ।

विश्वकर्माले २९२ मत प्राप्त गर्दा भुसालले २५५ मत प्राप्त गर्नुभएको छ । यस्तै नागरिक उन्मुक्ति पार्टीका धनिराम चौधरीको २२४ र जनमत पार्टीका कैलाश गुरुङले २३० मत पाउन भएको छ ।