जनता टाइम्स

५ मंसिर २०७९, सोमबार १८:४८

झापा-५ मा केपी ओलीको फराकिलो अग्रता


झापा, मंसिर ५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुरुवातमै दोब्बर भन्दा बढी मतले अग्रता लिनुभएको छ ।

प्रारम्भिक मत परिणाम अनुसार अहिलेसम्म ६ हजार मत गणना हुँदा एमाले अध्यक्ष ओलीले ३ हजार २ सय १२ मत प्राप्त गरी फराकिलो अग्रता लिनुभएको हो । ओलीले सो मत पाउँदा गठबन्धनका खगेन्द्र अधिकारीको १ हजार ५ सय २३ मत पाउनु भएको छ ।