जनता टाइम्स

५ मंसिर २०७९, सोमबार २०:२७

भक्तपुर–२ मा अघि बढे महेश बस्नेत


काठमाडौं, ५ मंसिर । भक्तपुर २ मा नेकपा एमालेका महेश बस्नेतले अग्रता बनाउनुभएको छ । उनले ६ हजार ८ सय २४ मत ल्याउनुभएको छ।

नेपाली कांग्रेसका दुर्लभ थापाले ६ हजार ४ सय ८४ मत ल्याएर बस्नेतलाई पछ्याउन थाल्नुभएको छ । केही समयअघिसम्मको गणनामा बस्नेतले थापालाई पछ्याइरहनु भएको थियो । सोमबार राति ८ वजेसम्ममा १९ हजार ७ सय ७९ मतगणना भइसकेको छ ।