काठमाडौं, ५ मंसिर ।आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा चुनाव अन्तर्गत लमजुङमा जारी मतगणनामा नेकपा एमालेको उम्मेदवारले अग्रता लिनुभएको छ ।
प्रतिनिधिसभातर्फ नेकपा माआवादी केन्द्रका उम्मेदवार देवप्रसाद गुरुङभन्दा नेकपा एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङ ४ सय २१ मतले अघि रहनुभएको छ । ४ हजार ९०४ मतगणना हुँदा यति मतले निर्वतमान मुख्यमन्त्री गुरुङले सुरुवाती अग्रता लिनुभएको हो ।
मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालका अनुसार एमालेका गुरुङले २ हजार ५९८ मत प्राप्त गर्नुभएको छ । गठबन्धनतर्फबाट माओवादीका उम्मेदवार गुरुङले २ हजार ८७ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार धर्म केसीले ६७ मत प्राप्त गर्नुभएको छ । जिल्लामा एक लाख ३३ हजार पाँच सय ५९ मतदातामध्ये ८० हजार नौ सय १७ मत खसेको छ ।
जिल्लामा एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र र दुई प्रदेश निर्वाचन क्षेत्र रहेको छ । प्रदेश ‘१’ मा एमालेका जमिन्द्रमान घलेले तीन सय ७० मत प्राप्त गर्दा गठबन्धनका कांग्रेसका उम्मेदवार डा टकराज गुरुङले पाँच सय ७१ मत प्राप्त गर्नुभएको छ ।
प्रदेश ‘२’ तर्फ एमालेका उम्मेदवार कृष्णप्रसाद अधिकारीले एक हजार चार सय ६६ मत प्राप्त गर्नुभएको छ । गठबन्धनबाट कांग्रेसका उम्मेदवार भेषबहादुर पौडेलले सात सय २८ मत प्राप्त गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्