चितवन, मंसिर ६ । चितवन क्षेत्र नम्बर २ मा १० हजार बढी मतगणना हुँदा नेकपा एमालेका कृष्णभक्त पोखरेलले निरन्तर अग्रता कायम राख्नुभएको छ ।
निर्वाचन आयोगका अनुसार हालसम्म १०४६८ मत गणना हुँदा पोखरेलले ३६२३ मतसहित आफ्नो अग्रता कायम राख्नुभएको छ भने उहाँलाई नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३२१६ मतसहित पच्छ्याइरहनु भएको छ ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने २९७८ मतसहित तेस्रो स्थानमा पर्नुभएको छ । चितवन २ मा अहिलेसम्म इच्छाकामना गाउँपालिकाको मतगणना सकिएको छ।













प्रतिक्रिया दिनुहोस्