जनता टाइम्स

६ मंसिर २०७९, मंगलवार १३:०९

महोत्तरी-१ मा पछि परे माओवादीका पोखरेल, एमालेका महतोले लिए अग्रता


महोत्तरी, मंसिर ६ । महोत्तरी क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार लक्ष्मी महतोले अग्रता लिनुभएको छ । नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराज पोखरेललाई पछि पार्दै महतोले अग्रता लिनुभएको हो ।

सत्ता गठबन्धनबाट साझा उम्मेदवार गिरिराजमणि पोखरेललाई महतोले ६५९ मतले उछिन्नु भएको छ । हालसम्मको गणनामा महतोले २८३० मत ल्याउँदा पोखरेलले २१७१ मत ल्याउनु भएको छ ।