जनता टाइम्स

६ मंसिर २०७९, मंगलवार १३:५९

धादिङ-१ मा एमालेका भूमि त्रिपाठीसँग पछि परे बागमतिका मुख्यमन्त्री पाण्डे, फराकिलो बन्यो मतान्तर


धादिङ, मंसिर ६ । धादिङ क्षेत्र नम्बर १ को जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार भुमिप्रसाद त्रिपाठीले अग्रता फराकिलो बनाउँदै लग्नुभएको छ ।

मतगणनाको पछिल्लो मतपरिणाम अनुसार धादिङ १ मा १४ हजार ८३७ मतगणना हुँदा एमालेका त्रिपाठीले ६ हजार ७८८ मतसहित अग्रता बढाउनु भएको हो ।

त्रिपाठीलाई बागमती प्रदेशका मुख्यमन्त्री समेत रहनुभएका नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्र प्रसाद पाण्डेले ५ हजार ९७१ मतसहित पछ्याइरहनु भएको छ । सोही क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १ हजार ९५९ मत प्राप्त गर्नुभएको छ ।