जनता टाइम्स

६ मंसिर २०७९, मंगलवार १५:२९

सुनसरी-३ मा एमालेकी भगवती चौधरीको फराकिलो अग्रता, गठबन्धनका विजय गच्छदार तेश्रो


सुनसरी, मंसिर ६ । सुनसरी क्षेत्र न. ३ मा नेकपा एमालेकी भगवती चौधरीले सुरूवाती अग्रतालिनुभएको छ ।

चौधरी पाँच दलीय गठबन्धनका उम्मेदवार भन्दा झण्डै दोब्बर मतले अगाडि रहनु भएको छ ।  उहाँले १,३१८ मत प्राप्त गर्नुभएको छ ।

सुनसरी–३ मा दोस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका कमल मैनालीले १,१२६ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनका साझा उम्मेद्वार कांग्रेसकाविजय गच्छदारले ८५७ मत प्राप्त गर्नुभएको छ ।