जनता टाइम्स

६ मंसिर २०७९, मंगलबार १७:४४

इलाम २ मा तीन सय मतले पछि परे सुवास नेम्वाङ


इलाम, मंसिर ६ । इलाम क्षेत्र नम्बर २ बाट एमालेका उम्मेदवार सुवास नेम्वाङ तीन सय एक मतसहित पछि पनुभएको छ ।

कांग्रेसका उम्मेदवार डम्बर खड्कासँग नेम्वाङ पछि पर्नुभएको हो । नेम्वाङ तीन हजार चार सय ५५ मतसहित दोस्रो स्थानमा रहँदा कांग्रेसका खड्काले तीन हजार सात सय ५६ मतसहित अग्रता लिनुभएको छ ।