जनता टाइम्स

६ मंसिर २०७९, मंगलवार १७:५०

मोरङ २ मा एमालेको अग्रता, पछि परिन सुजाता कोइराला


बिराटनगर, मंसिर ६ । मोरङ क्षेत्र नम्बर २ नेकपा एमालेका ऋषिकेश पोखरेलले अग्रता लिनुभएको छ । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई १५५ मतले पछि पार्दै पोखरेलले अग्रता लिनुभएको हो ।

पोखरेलले पछिल्लो मत परिणाम अनुसार कूल ४१६० मत प्राप्त गर्नुभएको छ । यस्तै कांग्रेस नेतृ कोइरालाले ४००५ मत ल्याउनु भएको छ । म परिणामअनुसार यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका ठगेन्द्रप्रसाद न्यौपानेले ३६४ मत प्राप्त गर्नुभएको छ ।