उदयपुर, मंसिर ६ । उदयपुरको निर्वाचन क्षेत्र २ मा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार अम्बरबहादुर रायमाझीले मतान्तर बढाउँदै आफ्नो अग्रता कायम राख्नुभएको छ । रायमाझी १३ हजार ४०४ मत प्राप्त गर्नुभएको छ ।
उहाँको प्रतिद्वन्द्वी सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका जगनाथ खतिवडाले ११ हजार ५३९ मत पाउनुभएको छ ।
यस्तै नेपाली काग्रेसका क्षेत्रीय सभापति स्वतन्त्र उम्मेदवार रामकुमार राईले ९ हजार ३३० मत पाउनुभएको छ । अहिलेसम्म ३९ हजार ७५८ मत गणना भई सकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यहाँ ४५ हजार २०३ मत खसेको छ ।













प्रतिक्रिया दिनुहोस्