काठमाडौ, ६ मंसिर । नेपाली कांग्रेसका सभापति एव प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट निर्वाचित हुनुभएको छ । मंसिर ४ मा भएको निर्वाचनमा उहाँ स्वतन्त्र उमेद्वार सागर ढकाललाई हराउँदै आफ्नो पुरानै क्षेत्र डडेल्धुराबाट ७ अैं पटक सांसदका रुपमा विजयी हुनुभएको हो ।
५१२०३ मत खसेकोमा देउवा २५५३४ सहित देउवा निर्वाचित हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी सागर ढकालले १३०४२ मत पाउनुभएको छ। उहाँ स्वतन्त्र उम्मेदवार हुन् । त्यस्तै एमालेले समर्थन गरेका नेपाली कांग्रेस (वीपी)कर्णबहादुर मल्लले ७५३५ मत ल्याउनुभयो ।













प्रतिक्रिया दिनुहोस्