जनता टाइम्स

२२ श्रावण २०७६, बुधबार १३:१२

भानुआटुमा शक्तिशाली भूकम्प, ज्वालामूखि पाकृतिक प्रकोपले बारम्बार सताउने


भानुआटु, साउन २२

प्रशान्त महासागरीय द्वीप राष्ट्र भानुआटुमा बुधबार ५.९ रिक्टर स्केलको भूकम्प गएको छ । अमेरिकी सर्वेक्षण संस्था (युएसजिएस) का अनुसार स्थानीय समयानुसार मङ्गलबार ९ः१४ बजे बिहान सो भूकम्प आएको थियो । यस भूकम्पको केन्द्रविन्दु भानुआटुको राजधानी शहर पोर्ट भिलाबाट ४३ किलोमिटर दक्षिणपूर्वमा रहेको इलाकाको १४९.८ किलोमिटर गहिराईमा रहेको थियो ।

यस भूकम्पको कारण हालसम्म मानवीय र भौतिक सम्पति क्षतिको कुनै समाचार प्राप्त भएको छैन् । भूकम्पपछि सुनामी चेतावनीको कनै सुचना जारी गरिएको छैन । भानुआटुमा भूकम्प र ज्वालामूखि जस्ता पाकृतिक प्रकोपले बारम्बार सताएको पाइन्छ ।