गुल्मी, मंसिर ७ । गुल्मीको सत्यवती गाउँपालिका ३ ठुलोलुम्पेकमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
ठूलोलुम्पेकको कुडडाडामा लु ३ च ५३४० नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको सत्यवती गाउँपालिका उपाध्यक्ष निरमायाँ तरामुले जानकारी दिनुभयो ।
दुर्घटनामा झलक सोमै, टीका राहादी, नरबहादुर सिंजापति, मिलन तराजु, जमुना सोमैको मृत्यु भएको हो। जमुना झलककी श्रीमती हुन्।दुर्घटनामा जीप चालक कार्वोलिन सोमै, चेतमान सिञ्जाली, गिरबहादुर राहदी, खण्डन सोमै घाइते हुनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्