नवलपरासी, मंसिर ७ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) २ को दुवै प्रदेशमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन । क्षेत्र–२ (क) र ख मा क्रमशः एमाले नेतृ पद्मा जिसी श्रेष्ठ र लक्ष्मण पाण्डे विजयी हुनुभएको हो ।
श्रेष्ठले १९ हजार तीन सय ७८ ल्याएर विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका सौगमकुमार सिरपालीले १४ हजार सात सय ४३ मत ल्याउनुभएको छ । यो क्षेत्रमा विसं २०७४ को निर्वाचनमा कांग्रेस विजयी भएको थियो ।













प्रतिक्रिया दिनुहोस्