जनता टाइम्स

७ मंसिर २०७९, बुधबार १२:१४

परराष्ट्रमन्त्री डा. खड्कालाई पछाउँदै एमालेकी चौधरी


उदयपुर, ७ मंसिर । उदयपुरको प्रनिनिधिसभा निर्वाचन क्षेत्र १ मा नेपाली कांग्रेसका नेता एवं पराष्ट्रमन्त्री डा. नारायण खड्काले अग्रता कायमै राख्नुभएको छ । उहाँले ६१५२ मतसहित अग्रता लिनुभएको हो ।

खड्कालाई एमालेकी मन्जुकुमारी चौधरीले ५७ सय २५ मतसहित पछ्याइरहनुभएको छ । हालसम्म १५०९२ मतगणना भएको छ । यो क्षेत्रमा ९२ हजार २७७ मत खसेको छ ।