जनता टाइम्स

७ मंसिर २०७९, बुधबार १२:५२

कर्णाली प्रदेशसभामा एमालेको पहिलो जीत, जुम्ला ख बाट टेकराज पछाई निर्वाचित


जुम्ला, मंसिर ७ । जुम्लाको प्रदेशसभा ख बाट नेकपा एमालेका टेकराज पछाई विजयी हुनुभएको छ ।

कर्णालीका भौतिक पूर्वाधार मन्त्री पदमबहादुर रोकायलाई १०९३ मतान्तरमा पराजित गर्दै पछाई बिजयी भएर कर्णालीमा एमालेको पहिलो जित निकाल्नु भएको हो ।

पछाईले ७८१५ मत पाएर जित्दा रोकाया ६७२२ मत पाउनु भयो । बिजयी पछाई अमृत साइन्स क्याम्पसका स्ववियू पूर्वसभापति समेत हुनुहुन्छ ।