जनता टाइम्स

७ मंसिर २०७९, बुधबार १३:१५

कञ्चनपुर-१ मा एमालेका तारा लामाको फराकिलो अग्रता, प्रचण्डकी बुहारी बिना दोब्बर मतले पछाडि


कञ्चनपुर, मंसिर ७ । मंसिर ४ गते सम्पन्न निर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार तारा लामा तामाङले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगरलाई दोब्बर मतले पछाडि पार्नुभएको छ ।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार लामा माओवादी नेतृ मगर भन्दा दोब्बर मतले अगाडि जानुभएको हो । कुल १५,७६३ मत गणना हुँदा एमालेका तामाङले ८०६८ मत पाउनु भएको छ ।

माओवादीकी मगरको ४३६२ मत ल्याउनु भएको छ । सत्तारुढ गठबन्धनकी साझा उम्मेदवार मगर यसअघि सोही क्षेत्रबाट विजयी हुनुभएको थियो । यसपटक भने पछाडि पर्नुभएको हो ।