काठमाडौं, ७ मंसिर । एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाक्रीले आफ्नो पराजयलाई सामान्य प्रक्रियाका रुपमा लिएको बताउनुभएको छ । अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै सामाजिक सञ्जालमार्फत मन्तव्य जारी गर्दै यसलाई सहज रुपमा लिएको जनाउनुभएको हो । यद्यपि, पछिल्लो केही समय अत्यन्तै रोमान्चक रहेको र ज्ञानको हिसाबले कुनै प्रशिद्ध विश्वविद्यालयमा पढेभन्दा बढी ठानेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभएको छ, ‘समाज र सामाजिक जीवनका थुप्रै पक्षको बारेमा समाजको पिँधसम्म पुगेर हेर्ने, बुझ्ने, जान्ने मौका पाएँ । यो साढे दुई दशकमा समाजलाई जसरी Depoliticization (एक प्रकारको गलत प्रयोग) गरिएको रहेछ चाहीँ लोकतन्त्रको लागि गम्भीर छ । डर लाग्दो छ । जय र पराजय सामान्य प्रक्रिया हुन् । मैले अत्यन्तै सहज रूपमा लिएको छु ।’
उहाँले आफ्ना पक्षमा हजारौं मतदाताले अभिमत दिएको र यसप्रति म सधैँ ऋणी रहने बताउनुभएको छ । निर्वाचनमा सहभागी सबै मतदाता, सबै तहका निर्वाचन परिचालन संयन्त्रका सदस्य, गठबन्धन दलका नेतृत्वगण र नेता कार्यकर्ता, सुरक्षाकर्मी, कर्मचारी, स्वयंसेवक र पत्रकारहरूलाई धन्यवाद दिनुभएको छ ।
उहाँले निर्वाचनमा विजयी भएका प्रतिस्पर्धी गोकर्ण विष्टलाई बधाई र सफल कार्यकालको शुभकामनामा दिनुभएको छ । पराजित भए पनि गुल्मी जिल्लाको समग्र विकास र समृद्धीको यात्रामा म सधैँ साथ रहने प्रतिबद्धता पनि जनाउनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्