जनता टाइम्स

७ मंसिर २०७९, बुधबार १३:५६

ताप्लेजुङमा पुनः अघि लागे एमाले सचिव योगेश भट्टराई


विराटनगर, मंसिर ७ । नेकपा एमालेका सचिव योगेश भट्टराईले पुनः अग्रता बनाउनु भएको छ । मतगणना सुरु भएदेखि नै माओवादीका खेल प्रसाद बुढाक्षेत्रीसँग पछाडि पर्नुभएका भट्टराईले पुनः अग्रता लिनुभएको हो ।

निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार योगेशले २० हजार २७३ मत पाउनु भएको छ भने बुढाक्षेत्रीको २० हजार १३७ मत ल्याउनु भएको छ । यो परिणाम अनुसार एमाले सचिव भट्टराईले १३६ मतले अग्रता लिनुभएको हो ।