जनता टाइम्स

७ मंसिर २०७९, बुधबार १५:२८

एमाले उपमहासचिव प्रदीप ज्ञवालीको सुरुवाती अग्रता


गुल्मी, मंसिर ७ । गुल्मी क्षेत्र नम्बर १ मा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रारम्भिक अग्रता लिनुभएको छ । उपमहासचिव ज्ञवाली १३१४ मतसहित अग्रता लिनुभएको हो ।

ज्ञवालीका प्रतिस्पर्धी नेपाली कांग्रेसका चन्द्र भण्डारी ११५२ मत प्राप्त गर्नुभएको छ । भण्डारी भन्दा ज्ञवाली १६२ मतले अघि हुनुहुन्छ ।

प्रदेश सभातर्फको मतगणना पनि केही समयपछि सुरू गरिने बताइएको छ । गुल्मी १ मा एक लाख १९ हजार २८१ मतदाता छन् । ७० हजार ६ सय मत खसेको थियो ।