जनता टाइम्स

७ मंसिर २०७९, बुधबार १६:१३

झापा २ को प्रदेशसभा क मा एमालेका एकराज कार्की तेब्बर मतसहित निर्वाचित


झापा, मंसिर ७ । झापा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा क मा नेकपा एमालेका एकराज कार्की बिजयी हुनुभएको छ । कार्कीले १८ हजार सात सय ३१ मत प्राप्त गरी विजय हुनुभएको हो ।

विजयी कार्कीका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका पुष्पराज पोखरेलले ६ हजार एक सय एक मत प्राप्त गर्नुभएको छ । कार्की र पोखरेलको मतान्तर १२ हजार ६ सय ५१ मत रहेको छ ।

झापा क्षेत्र नं २ को प्रदेशसभा क मा ३८ हजार पाँच सय ४८ मत खसेको थियो । जसमा ती हजार तीन सय ३० मत बदर भएको छ । कार्कीले जीतसँगै दोस्रो पटकको प्रदेशसभाको यात्रा तय गर्नुभएको छ । उहाँ २०७४ सालको संसदीय निर्वाचनमा समेत झापा २ को प्रदेशसभा क बाट विजयी हुनुभएको थियो ।