जनता टाइम्स

७ मंसिर २०७९, बुधबार १६:३१

बलिउड अभिनेता एवं गायक आदित्य नारायण झा नेपाल आउँदै, पशुपतिनाथको दर्शन र लाइभ कन्सर्ट गर्ने


काठमाडौं, ७ मंसिर । बलिउड अभिनेता तथा गायक आदित्य नारायण झा नेपाल आउनुहुने भएको छ ।

आदित्य शुक्रबार काठमाडौं आउनु हुने भएको हो । झाले शनिबार ठमेलस्थित क्लब फरेनहाइटमा लाइभ प्रस्तुती दिने बताइएको छ । उहाँ शुक्रबार बिहान साढे ११ बजे काठमाडौं आइपुग्ने बताइएको छ ।

शनिबार बिहान पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम रहेको क्लबले जनाएको छ । साँझमा झाले क्लबमा लाइभ कन्सर्ट दिनुहुनेछ । उहाँ चर्चित नेपाली तथा भारतीय गायक उदित नारायण झाको छोरा हो । झा भारतका सारेगमापा, एक्स फ्याक्टर र खतरा शोको होस्ट गरिसक्नुभएको छ भने नेपाली गीत पनि गाउनुभएको छ ।