सोलुखुम्बु, मंसिर ७। सोलुखुम्बुको प्रदेश सभा क्षेत्र नम्बर २ बाट नेकपा एमालेका बुद्धिकुमार राजभण्डारी निर्वाचित हुनुभएको छ ।राजभण्डारीले सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका शिवबहादुर बस्नेतलाई पराजित गर्नुभएको हो ।
भर्खरैसम्पन्न मतगणना परिणाम अनुसार एमालेका राजभण्डारीले १० हजार १२८ मत प्राप्त गर्दै विजयी हुँदा माओवादीका बस्नेत ६ हजार ८१५ मतमै रोकिनु परेको छ ।
राजभण्डारीको प्रदेशसभामा यो दोस्रो पटक जीत हो । यसअघि २०७४ सालको निर्वाचनमा पनि उहाँ बिजयी बन्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्