जनता टाइम्स

७ मंसिर २०७९, बुधबार २०:४९

मोरङ-४ क मा कांग्रेसका गुरूराज घिमिरे पराजित, एमालेका चौधरी विजयी


बिराटनगर, मंसिर ७ । मोरङको क्षेत्र ४ (क) मा सत्ता गठबन्धन दल कांग्रेसका गुरूराज घिमिरेलाई हराउँदै एमालेका जयप्रकाश चौधरी विजयी हुनुभएको छ ।

चौधरीले १५ हजार ४६५ मत ल्याउँदै घिमिरेलाई ४०४ मतान्तरले पराजित गर्नुभएको हो । घिमिरेले १५ हजार ५९ मत प्राप्त गर्नुभएको हो ।
मोरङको ग्रामथान गाउँपालिका ३ सिद्राहाका ४६ वर्षीय चौधरी पहिलो प्रयासमा नै प्रदेश सांसद हुन सफल भएका हुन ।

यसपटक थारू बाहुल्य मोरङ ४ मा एमालेले प्रतिनिधिसभा सदस्यमा विनोद ढकाल र क्षेत्र ४ (ख) मा पनि ब्राहमण समुदायका रिता न्यौपानेलाई उम्मेदवार भएकाले पार्टीले उहाँलाई प्रदेशसभामा उठाउनु भएको थियो । चौधरीको जितको प्रमुख आधार जातीय समीकरण नै रहेको स्थानीयको भनाइ छ ।

यसैबीच, पराजित भएका घिमिरेले पत्रकार सम्मेलन गरी औपचारिक रूपमा बधाई ज्ञापन गर्नुभएको छ ।