जनता टाइम्स

७ मंसिर २०७९, बुधबार २२:१९

समानुपातिकमा एमालेले ३ लाख कटायो, घण्टीलाई पछ्याउँदै माओवादी


काठमाडौं, ७ मंसिर । समानुपातिक तर्फ नेकपा एमालेले तीन लाख मत कटाएको छ । मंगलबार राति ९ बजेसम्म एमालेले तीन लाख ८ हजार ३७५ मत ल्याएर अग्रता कायमै राखेको छ ।एमालेलाई नेपाली कांग्रेसले पछ्याइरहेको छ । कांग्रेसले दुई लाख ८७ हजार ५२१ मत पाएको छ ।

तेस्रोमा भने राष्ट्रिय स्वतन्त्र पार्टीले मत ल्याइरहेको छ ।रास्वपाले एक लाख ५४ हजार ९६८ मत ल्याएर तेस्रो स्थानमा छ । माओवादी केन्द्र चौथो स्थानमा छ । माओवादी केन्द्रले एक लाख ४१ हजार ३८१ मत पाएको छ । पाँचौं स्थानमा रहेको राप्रपाले ८१ हजार, छैटौंमा रहेको जसपाले २९ हजार र सातौं स्थानमा रहेको नेमकिपाले २६ हजार मत पाएको छ ।एकीकृत समाजवादी भने नवौं स्थानमा छ । उसले १७ हजार मत पाउँदा जनमत पार्टीले २२ हजार मत ल्याएको छ ।