काठमाडौं, ७ मंसिर । नेकपा एमालेका नेता सूर्य थापा मतगणना नसकिँदै विजयी हुनुभएको छ ।
५ हजार २७ मत गन्न बाँकी रहँदा थापाले गठबन्धनसँग ५ हजार २३३ मतको अग्रता लिनुभएको छ ।
थापाले ३८ हजार ८९४ मतका साथ अग्रता लिइरहदा गठबन्धनकी उम्मेदवार दुर्गा पौडेलले ३३ हजार ६६१ मत पाउनुभएको छ। अब प्युठान नगरपालिकाको ८,९ र १० वडाको मत गन्न बाँकी छ तर थापाले बिजयका लागि आवश्यक मत पाईसक्नुभएको छ।












प्रतिक्रिया दिनुहोस्