जनता टाइम्स

८ मंसिर २०७९, बिहीबार ०४:५५

स्पेनको सानदार सुरुआत, कोस्टारिकासँग ७–० गोलले बिजयी


काठमाडौं, मंसिर ८ । कोस्टारिकालाई ७–० गोलले पराजित गर्दै स्पेनले समूह फिफा विश्वकप २०२२ मा सानदार सुरुआत गरेको छ ।

अल थुमामा स्टेडियममा सम्पन्न समूह‘ई’ को दोस्रो खेलको ११औं मिनेटमा डानी ओल्मोले गोल गर्दै स्पेनलाई सुरुआति अग्रता दिलाएका थिए । मार्को एसेज्सियोले २१औं मिनेटमा जोर्डी अल्बाको पासमा उत्कृष्ट गोल गर्दै स्पेनको अग्रता दोब्बर पारेका थिए ।

खेलको ३१औं मिनेटमा पाएको पेनाल्टिको सदुपयोग गर्दै फरान टोरेसले गरेको गोलमा स्पेनले कोस्टारिकाविरुद्धको अग्रता ३–० बनायो । पहिलो हाफमै तीन गोलको अग्रता लिएको स्पेन दोस्रो हाफमा पनि कोस्टारिकामाथि हाबी भयो ।

टोरेसले ५४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल तथा स्पेनका लागि चौथो गोल गर्दै टिमको अग्रता फराकिलो पारे ।
खेलको ७४औ मिनेटमा गाभीले स्पेनका लागि पाँचौँ गोल गरे । कार्लोस सोलेरले निर्धारित समयको अन्तिम मिनेटमा गोल गर्दै स्पेनका लागि कोस्टारिकाविरुद्ध आधा दर्जन गोल पुरा गरे । खेलको इन्जुरी समयमा अलभारो मोराटाले गोल गर्दै स्पेनको जित ७–०ले पक्का गरे ।

स्पेनले विश्वकप इतिहासमा पहिलो पटक एक खेलमा सात गोल गरेको हो । स्पेन र क्रोयसियाले पनि विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा गरेका हुन । जितसँगै स्पेनले समूह ‘ई’ मा तीन अंक जोडेको छ ।