जुम्ला, मंसिर ८ । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) विजयी हुनुभएको छ ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत जुम्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानबहादुर शाही २२ हजार ८१९ मत ल्याई विजयी हुनुभएको हो ।
शाहीले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की उम्मेदवार गोमा गौतम (कुँवर)लाई १० हजार ८६० मतान्तरले पराजित गर्नुभएको हो ।
पराजित गोमाले ११ हजार ९५९ मत ल्याउनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्