बर्दिवास, ८ मंसिर । महोत्तर िजिल्लाको क्षेत्रनं. १ मा प्रतिनधिसभा तर्फ नेकपा (एमाले)का उम्मेदवार लक्ष्मी महतोले निरन्तर अग्रता बनाइराख्नु भएको छ । उहाँले नेकपा(माओवादी केन्द) का गिरिराजमणि पोखरेललाई १२ सय बढी मतले पछि पार्नु भएको छ ।
महोत्तरी क्षेत्र नं. गौशाला नगरपालिकामा १२ सबै १२ वडा, बर्दिवास नपाका सबै १४ वडा र भंगाहा नपाको ४ वडा गरी जम्मा ३० वडा पर्दछन् । अहिले गौशाला नपाको १ देखि ९ सम्मको गणना सकिएको छ ।
गौशालाका १ देखि ९ वडा गणना सक्दा एमालेका लक्ष्मी महतोले ८ हजार ४७९ मत प्राप्त गर्नुभएको छ भने माओवादी केन्द्रमा गिरिराजमणि पोखरेलले ७ हजार ५ सय ४२ मत प्राप्त गर्नुभएको छ ।
अहिले गौशाला नपाको १० नं. वडा गणना हुँदैछ ।













प्रतिक्रिया दिनुहोस्