जनता टाइम्स

८ मंसिर २०७९, बिहीबार ०८:३९

प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्र राई प्रदेशसभामा निर्वाचित


भोजपुर, मंसिर ८ । प्रदेश १ का मुख्यमन्त्री तथा सत्ता गठबन्धनका साझा उम्मेदवार राजेन्द्रकुमार राई प्रदेशसभा क बाट दोस्रो पटक निर्वाचित हुनुभएको छ । राईले नेकपा एमालेका हरिबहादुर राईलाई ३ हजार ८ सय ८७ मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो ।

प्रदेशसभा क का लागि सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका नेता राईले १६ हजार एकसय १० मत ल्याउँदै दोस्रो पटकका लागि निर्वाचित हुनुभएको हो ।

उहाँका प्रतिद्वन्दी नेकपा एमालेका हरिबहादुर राईले कुल १२ हजार २ सय २३ मत प्राप्त गर्नुभयो । प्रदेशसभा क का लागि भोजपुरमा कुल ३२ हजार ४ सय ९ मत खसेको थियो भने प्रतिनिधिसभाका लागि कुल ६२ हजार एकसय ८१ मत खसेको थियो।