जनता टाइम्स

८ मंसिर २०७९, बिहीबार ११:१२

एमाले महासचिव पोखरेल झिनो मतले गठबन्धनकी रेखा शर्मासँग पराजीत


दाङ, मंसिर ८ । नेकपा एमालेका महासचिव शंकर पोखरेल झिनो मतान्तरले पराजित हुनुभएको छ । सत्तारुढ गठबन्धनकी साझा उम्मेदवार रेखा शर्मासँग झिनो मतान्तरले महासचिव पोखरेल दाङ क्षेत्र नम्बर २ बाट पराजीत हुनुभएको हो ।

एमाले महासचिव पोखरेललाई १९२ मतले हराउँदै माओवादीकी रेखा शर्मा विजयी हुनुएको छ । माओवादी नेतृ शर्माले २५ हजार ७९७ मत ल्याएर बिजयी हुनुभएको हो । एमाले महासचिव पोखरेलले २५ हजार ५ सय ३३ मत पाउनु भएको छ ।

यसैबीच महासचिव पोखरेलले बिजयी शर्मालाई बधाई दिनुभएको छ । ‘मसंगको प्रतिस्पर्धामा विजयी हुनु भएकोमा रेखा शर्मालाई बधाई । गठबन्धनसंगको एक्लो प्रतिस्पर्धामा मतदाता र शुभेच्छुकहरुले देखाउनु भएको सद्भाका लागि सदैव आभारी रहने छु,’ एमाले महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखनुभएको छ ।