जनता टाइम्स

८ मंसिर २०७९, बिहीबार १३:०२

ताप्लेजुङको (क) मा एमालेका तिलकुमार मेन्याङ्बो विजयी


काठमाडौं, ८ मंसिर । ताप्लेजुङमा एमालेका उम्मेद्वाहरुको विजय हासिल गर्नुभएको छ । संघीय प्रतिनिधिसभा सदस्यमा योगेश भट्टराईसँगै प्रदेश (क) बाट नेकपा एमाले पोलिटव्यूरो सदस्य तथा जिल्ला सह–इन्चार्ज तिलकुमार मेन्याङ्बो विजयी हुनुभएको हो ।

उहाँले जिल्लाको प्रदेशसभा (क) सदस्य पदमा १२ हजार ७ सय ७२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा समाजवादी पार्टी (एस) का उम्मेद्वारले ८ हजार ७ सय ३३ मत प्राप्त गर्नुभएको थियो । उहाँ ४ हजार ३९ को फराकिलो मतान्तर सहित निर्वाचित हुनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।