जनता टाइम्स

८ मंसिर २०७९, बिहीबार १३:४७

झापा–४ बाट एमालेका एलपी साँवा लिम्बु बिजयी


झापा, मंसिर ८ । झापा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका लालप्रसाद (एलपी) साँवा लिम्बु निर्वाचित हुनुभएको छ ।

एमालेका प्रदेश कमिटीका सचिवालय सदस्य निवर्तमान सांसद साँवा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस झापाका सभापति देउमान थेवेलाई ६ हजार ८६७ मतान्तरले पछि पार्दै निर्वाचित हुनुभएको हो ।

एमालेका साँवाले २९ हजार ३१५ मत प्राप्त गर्दा कांग्रेसका थेवेले २२ हजार ४४८ मत प्राप्त गर्नुभएको छ । झापा ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकालले १४ हजार ६९ मत प्राप्त गर्नुभएको छ ।

कुल १ लाख २३ हजार १२४ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा ७९ हजार ४८३ मत सदर भएको थियो भने ४ हजार ६४७ मत बदर भएको थियो ।