जनता टाइम्स

८ मंसिर २०७९, बिहीबार १८:०८

धनुषा-३ मा एमालेकी जुली महतो जित नजिक


धनुषा, ८ मंसिर । धनुषा प्रतिनिधिसभा निर्वाचन क्षेत्र –३ मा एमाले नेतृ जुली महतोको जित पक्का भएको छ । उहाँ निकटतम प्रतिद्वन्द्वीभन्दा ६ हजार बढी मतले अग्रस्थानमा हुनुहुन्छ ।

प्राप्त पछिल्लो परिणामअनुसार उहाँले २४ हजार ७ सय ५६ मत प्राप्त गरिसक्नु भएको छ भने उहाँका प्रतिद्वन्द्वी लोसपाका अनिलकुमार झाले १८ हजार ५ सय ६० प्राप्त गर्नुभएको छ ।

अब केही वडाका मतपत्र मात्र गन्न बाँकी रहेको र ती एमालेकै प्रभाव क्षेत्र रहेकाले जुलीलाई बधाइ दिन थालिएको छ ।