जनता टाइम्स

८ मंसिर २०७९, बिहीबार १८:४७

बाँके १ मा एमालेका सूर्य प्रसाद ढकाल विजयी


काठमाडौं, ८ मंसिर । बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा नेकपा एमालेका सूर्य ढकाल विजयी हुनुभएको छ । उहाँ २५ हजार २६ मत प्राप्त गरी निर्वाचित भएको सहायक निर्वाचन अधिकृत सन्दीप ढकालले जानकारी दिनुभयो । लोकतान्त्रिक/वाम गठबन्धनबाट युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजलाई पाँच हजार तीन सय ९४ मतले पराजित गर्दै उहाँ निर्वाचित हुनुभएको हो ।

गहतराजले १९ हजार छ सय ३२ मत पाउनुभएको थियो । सो निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका सुरेशकुमार चौधरीले ११ हजार चार सय ६५ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्दबाबु काफ्लेले १० हजार ७१ मत प्राप्त गर्नुभयो ।

तीन निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी १ नं निर्वाचन क्षेत्रमा एक लाख २१ हजार एक सय मतदाता छन् । जिल्लाको निर्वाचन क्षेत्र नं १ मा कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिका पर्छ । उक्त क्षेत्रको प्रदेशसभातर्फको मतगणना जारी छ ।