जनता टाइम्स

८ मंसिर २०७९, बिहीबार २०:०२

सप्तरी १ प्रतिनिधिसभामा जसपाका साह निर्वाचित


सप्तरी, ८ मंसिर । सप्तरीमा सप्तरी १ बाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टी (जसपा) का नवलकिशोर साह निर्वाचित हुनुभएको छ ।

साहले २३ हजार ५६४ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका जयकान्त राउतले १९ हजार ९९२ मत प्राप्त गर्नुभयो ।

मधेस प्रदेश सरकारका सामाजिक विकासमन्त्रीसमेत रहेका साह २०७४ मा सप्तरी १९२० बाट प्रदेश सभा सदस्य निर्वाचित हुनुभएको थियो ।