जनता टाइम्स

८ मंसिर २०७९, बिहीबार २०:५२

सत्ता गठबन्धनलाई धुलो चटाउदै कपिलवस्तु १ मा एमालेका बलराम अधिकारी विजयी


काठमाडौं, ८ मंसिर ।  जिल्लामा तीन वटा प्रतिनिधि सभा सदस्य पदका लागि भएको निर्वाचनमा पहिलो जीत नेकपा एमालेले निकालेको छ ।क्षेत्र नम्बर १ मा एमाले उम्मेदवार बलराम अधिकारी १५ हजार ६९२ मतान्तरले विजयी हुनुभएको छ । उहाँले ३४ हजार ६७५ मत प्राप्त गर्नुभएको छ ।

उहाका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार चक्रपाणी खनालले १८ हजार ९८३ मत ल्याएको सहायक निर्वाचन अधिकृत शान्तराज आचार्यले बताउनुभयो ।

विजयी अधिकारी २०७० को संविधान सभा सदस्य निर्वाचित हुनुभएको थियो । औपचारिक घोषणा हुन बाँकी छ ।