जनता टाइम्स

८ मंसिर २०७९, बिहीबार २१:३८

सत्ता गठबन्धनलाई हराउँदै सर्लाही ४ मा स्वतन्‍त्रबाट अमरेश सिंह विजयी


काठमाडौँ, ८ मंसिर । प्रतिनिधिसभा सर्लाही क्षेत्र नम्बर ४ बाट स्वतन्त्रबाट अमरेशकुमार सिंह निर्वाचित हुुनुभएको छ ।

सिंहले २० हजार १७ मत ल्याउँदै विजयी हुनुभएको हो । उहाँले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार नागेन्द्र कुमारलाई १ हजार ७६५ मतान्तरले पराजित गर्नुभएको हो । पराजित नागेन्द्र कुमारले १८ हजार २५२ मत पाउनुभएको छ । यस्तै, स्वतन्त्रबाट उठेकी मधुमालाकुमारी यादवले १४ हजार ६२२ मत प्राप्त गर्नुभएको छ ।

कांग्रेसले सिंहलाई टिकट नदिएर नागेन्द्रलाई उठाएको थियो । नागेन्द्रलाई सत्ता गठबन्धनको समेत सहयोग थियो ।