दाङ, ९ मंसिर । एमाले नेतृ कोमल वली प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित हुनुभएको छ । दाङ ३ बाट सत्तागठबन्धनका उम्मेदवार दीपक गिरीसँग उहाँ पराजित हुनुभएको हो ।
कांग्रेस केन्द्रीय सदस्य गिरी ३६ हजार ८४२ मत सहित विजयी हुँदा एमालेकी वलीले २९ हजार ३२ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले १५ हजार तीन सय मत ल्याउनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्