सर्लाही, ९ मंसिर । सर्लाही–२ मा नेकपा एमाले विजयी हुनुभएको छ । एमालेका हरिप्रसाद उप्रेती प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको हो ।
नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र साह कलवारलाई हराउँदै उहाँ सांसदमा निर्वाचित हुनुभएको हो ।
उप्रेतीले ३२ हजार ९३८ मत ल्याएर विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी कलवारले ३२ हजार १६८ मत प्राप्त गर्नुभयो । जनमत पार्टीका त्रिभुवन सिंहले ५ हजार ५१९ र राष्ट्रिय स्वतन्त्र पार्टीका पञ्चकुमार सिन्तानले ३ हजार ५६६ मत मात्रै ल्याउनुभयो ।













प्रतिक्रिया दिनुहोस्