परासी, मंसिर ९ । नवलपरासी पश्चिमको निर्वाचन क्षेत्र नं। २ बाट राप्रपाका ध्रुवबहादुर प्रधान विजयी हुनुभएको छ । पूर्वआइजीपी समेत रहेका प्रधानले पूर्वगृहराज्यमन्त्री समेत रहनुभएको नेपाली कांग्रेसका देबेन्द्रराज कँडेललाई १५ हजार ३६५ को फराकिलो मतान्तरले पराजित गर्नुभएको हो ।
प्रधानले ३४७५९ मत पाउनु भएको छ । पूर्वगृहराज्यमन्त्री समेत रहेका कँडेलले १९५९४ मत पाउनु भएको छ । तेस्रोमा रहेका एमालेका दीपेन्द्रकुमार अधिकारीले १४ हजार ४९८ मत पाउनु भएको छ ।
२०५६ देखि नवलपरासीबाट चुनाव लड्दै आएका प्रधानले चौथो पटक संसद प्रवेशका लागि उम्मेदवार दिनुभएका कांग्रेसका उम्मेदवार कँडेललाई रोक्दै आफ्नो चौथो प्रयासलाई सफल बनाउनु भएको हो । यस क्षेत्रबाट सधैं प्रधान र कँडेल चुनाव लड्दै आउनु भएको थियो । यसअघि निर्वाचनमा कँडेलले फराकिलो मतान्तरले प्रधानलाई पराजित गर्दै आउनु भएको थियो ।
फराकिलो मतान्तरको जवाफसहित विजयी भएका प्रधानले २०७४ सालमा पार्टीलाई समानुपातिकमा समर्थन गर्ने गरी कांग्रेसका उम्मेदवार कँडेललाई समर्थन गर्नुभएको थियो । २०५६ र २०७० मा तत्कालीन निर्वाचन क्षेत्र नं ४ र ५ बाट उम्मेदवारी दिएका प्रधानले २०५८ को निर्वाचनमा दुई निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्