जनता टाइम्स

९ मंसिर २०७९, शुक्रबार ११:४६

गण्डकीमा मुख्यमन्त्रीका दाबेदार खगराज कास्कीबाट निर्वाचित


काठमाडौं, मंसिर ९ । गण्डकी प्रदेशको मुख्यमन्त्रीका दावेदार खगराज अधिकारी कास्की क्षेत्र नम्बर १ को क बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

नेकपा माओवादी केन्द्रका दीपक कोइरालालाई तीन हजार ९९६ मतले हराउँदै एमाले स्थायी कमिटी सदस्य अधिकारी प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । अधिकारीले १५ हजार ५२३ प्राप्त गर्नुभएको छ । कास्की १ क मा कुल ३६ हजार ६५५ मत खसेको थियो ।

गण्डकी प्रदेश सभामा एमालेले कूल ११ सिट जितेको छ । अधिकारी गण्डकीमा मुख्यमन्त्रीका दाबेदार हुनुहुन्छ ।